कांग्रेसको एउटै सूत्र : आफू सरकारमा हुनुपर्छ, त्यही हो लोकतन्त्र – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ ११ २०७९
3.8K
SHARES

११ माघ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र देशका विषयमा कुरा नै नउठाइने टिप्पणी गरेका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए ।

कांग्रेसमा त छलफल नै भएन । केही कुरा उठेन । खाली पदाधिकारी छान्ने,” ओलीले भने । कांग्रेसले नीति महाधिवेशनमा जान नचाहेको उनको भनाइ छ ।

कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे । देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको उनले बताए ।