रविको फैसला आजै आउने सम्भावना !


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
1.6K
SHARES

१३ माघ काठमाडौं । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला आउने भएको छ । न्यायाधीशहरु इजलासबाट उठेर छलफलमा छन् । सर्वोच्च अदालत स्रोतले रविको फैसला आजै आउने सम्भावना उच्च रहेको जानकारी दिएको छ ।

सर्वोच्च परिसरमा प्रहरीको संख्या थपेर सुरक्षा सतर्कता बढाइएको छ । टेलिभिजन कार्यक्रममार्फत लोकप्रियता हासिल गरेका रविको नागरिकताका विषयमा ०७५ सालमा नै नागरिकताको प्रश्न उठेका थियो । त्यसवेला व्यापक जनसमर्थन पाएका रविले अमेरिकी नागरिकता परित्याग गर्न प्रक्रिया अघि बढाएको जानकरी अध्यागमनलाई दिँदै आफ्नो टेलिभिजन कार्यक्रममार्फत पनि प्रक्रिया अघि बढाएको सूचना सार्वजनिक गरेका थिए ।