राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने हो – माओवादी केन्द्र
१३ माघ काठमाडौं । नेकपा (माओेवादी केन्द्र)ले राष्ट्रपतिका लागि राष्ट्रिय सहमतिका लागि पहल गर्ने भएको छ । आजको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गनुपर्ने आवाज उठेको बताए ।
माओवादीका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा नै राष्ट्रपति एमालेलाई दिने निर्णय भएको बताइन्छ । महराले राष्ट्रिय सहमति खोज्दा सबैको हुने भएकाले एमालेलाई धोका दिएको भन्न नमिल्ने बताए । “राट्रिय सहमतिको पहल गर्ने हो । यो पहल हामीले मात्रै गरेर भएन,” उनले भने, “एमालेसहितको सहमति हो । एमालेलाई धोका दिएको भन्न मिल्दैन ।”