प्रहरीले रविको राहदानीबारे गर्नसक्छ अनुसन्धान


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
2.4K
SHARES

१४ माघ काठमाडौं । सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका छन् । साथै उनले अमेरिकी नागरिकता परित्याग नगर्दै नेपाली राहदानी लिएकोमा फौजदारी अभियोग खेप्नुपर्ने देखिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसारको प्रक्रिया पूरा नगरेको अदालतले शुक्रबार ठहर गरेको छ ।तर, लामिछानेले पुनः कायम नगरी पुरानै नागरिकताका आधारमा राहदानी लिएर प्रयोग गरिरहेका छन् । योसँगै राहदानी ऐन, २०७६ अनुसारको कसूरमा रविविरुद्ध अनुसन्धान गर्न बाटो खुलेको फौजदारी कानूनका जानकार एवं वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले  बताए ।