विप्लवले पार्टी एकता गर्न आनाकानी गरे – नेता महरा


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
2.4K
SHARES

१४ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले माओवादीसँग पार्टी एकता गर्न अस्वीकार गरेका छन् ।

माओवादीले बनाएको वार्ता टोलीका संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महराले यसबारे स्थायी समिति बैठकमा ‘ब्रिफिङ’ गरेका हुन् ।बैठकमा पार्टी एकता सम्बन्धी प्रतिवेदन समेत पेश गर्दै महराले भनेका थिए, ‘विप्लवले नकारात्मक जवाफ दिनु भएन, हुन्छ पनि भन्नु भएन । धेरै कुरा गर्न आनाकानी गर्नुभयो ।’

२३ पुसमा माओवादी केन्द्रले महराको नेतृत्वको पाँच सदस्यीय कार्यलदल बनाएको थियो । कार्यदल संयोजकका हैसियतमा महरा विप्लवलाई भेट्न २९ पुसमा कपिलवस्तुको शिवगढीमै गएर भेटेका थिए ।