यो ठाउॅंमा विवाह गर्न वडाको स्वीकृति चाहिने


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १४ २०७९
7.6K
SHARES

१४ माघ काठमाडौ ।सप्तरीको सुरुङ्गा नगरपालिका–७ मा वडा कार्यालयको पूर्वस्वीकृति लिएर मात्र विवाह गर्न पाइने भएको छ । विवाहअघि जन्मदर्ता वडा कार्यालयमा पेस गरी स्वीकृति लिएर मात्र विवाह गर्न वडाले अनिवार्य गरेको छ ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न नपाउने साथै २० वर्षभन्दा कम उमेरमा विवाह गर्ने/गराउने कार्यमा संलग्न हुने जन्ती, पुरोहितसमेतलाई कारबाही हुने वडाध्यक्ष शिवनारायण चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सूचनामा विवाहको निमन्त्रणा पत्र छपाउँदा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने भनिएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका मधेस प्रदेशमै बाल विवाहमुक्त पहिलो पालिका हो । गत मंसिर १४ मा उक्त नगरपालिकालाई बाल विवाहमुक्त नगरपालिका घोषणा गरिएको थियो ।