रविले सरकारी निवास किन छाडेनन्?


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १६ २०७९
2K
SHARES

१६ माघकाठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै शुक्रबार गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले सरकारी निवास भने अझै छाडेका छैनन्। शुक्रबारदेखि नै हरिहरभवनस्थित सरकारी निवासमा नगए पनि उनले निवासमा रहेका आफ्ना सामान नसारेका हुन्।  ‘उहाँले आफ्ना लगाउने कपडा त्यसै दिन गाडीमा लैजानुभयो। तर अन्य सामान यहीँ छ, यहाँ नआए पनि निवास छाड्नुभएको छैन’, सुरक्षा स्रोतले  भन्यो। नागरिकता वैधानिक नभएसँगै उनले सबै वैधानिकता गुमाउने भए पनि पूर्व गृहमन्त्रीले पाउने सुरक्षा अझै लिइरहेका छन्। सरकारी गाडी त्यसै दिन छाडेका छन्। तर निजी सवारीमा पनि सुरक्षाकर्मी लिएर हिँडिरहेका छन्।

यता निवास नछाडेका रविले पुनः गृहमन्त्रीकै रुपमा फर्किन जोड गरिरहेका छन्। शुक्रबारको फैसलाको पूर्णपाठ आइसकेको छैन। फैसलाको पूर्णपाठमा उनको नागरिकता र राहदानीबारे विस्तृत खुल्ने भए पनि त्यसअघि नै उनले गृहमै फर्किन जोड गरिरहेका छन्।