राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक रुपमा गल्ती गर्‍यो – नेता कार्की


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १८ २०७९
3.5K
SHARES

१८ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पार्टीले राजनीतिक रूपमा गल्ती गरेको बताएका छन् ।  मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूलाई विधि र नैतिकता सिकाउनु र केपी ओलीले समर्थन र सद्भाव देखाउनु दुखद भएको उल्लेख गरेका छन् ।

“हामीलाई हेरेर ‘प्रचण्ड’हरुले विधि र नैतिकताको कुरा गर्ने । हामीलाई ‘ओली’हरुले समर्थन र सद्भाव देखाउनु पर्ने । यस्ता दिनको हामीलाई अपेक्षा थिएन । यस्ता दिन हामीले चाहेकै थिएनौँ । तर भोगिरहेका छौँ,” उनले लेखेका छन्, “राजनीतिकरुपमा नै केही गल्ती त हामीबाट भएकै छ । केही गल्ती हामीबाट हुन लागेकै छ ।”

आइतबार पार्टी अध्यक्ष रवि लामिछानेले नागरिकता बनाएपछि पुनः गृहमन्त्रालयमा फर्किन पाउनुपर्ने अडान राखिरहेका छन् । जसको विरोध र समर्थन अहिले राजनीतिक वृत्तमा छ । रास्वपाले गृह नपाए सरकारबाट बाहिरने धम्की दिइरहेकोे छ । रविलाई गृह मन्त्री बनाउनुपर्ने पक्षमा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत लागिपरेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड भने रविलाई गृह मन्त्री बनाउने पक्षमा छैनन् । यो बीचमा रविले बालकोट र वालुवाटारमा पटकपटक संवाद गरिरहेका छन् ।