राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १८ २०७९
4.5K
SHARES

१८ माघ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आज (बुधबार) नेपाली नागरिकको तर्फबाट युवराज पौडेल (सफल) ले आयोगसमक्ष उजुरी दिएका हुन्।

उजुरीमा पौडेलले रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतको संवैधानिक इजलासले अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी दर्ता भएकोले पार्टी खारेज गर्नुपर्ने माग गरेका छन्।

निवेदनमा भनिएको छ, निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको रास्वपाका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको माघ १३ गतेको फैसलाले अनागरिक भएको ठहर गरेको निजले दल दर्ता गर्दा एवं संसद्को उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनः अवैधानिक रहेको पुष्टि हुन्छ।’

लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउँदा राष्ट्रिय गोपनियता भंग भएको र राष्ट्रिय हितविपरीतको काम भएको हुँदा रास्वपा खारेजभागी रहेको निदेवनमा उल्लेख गरिएको छ। अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले दल खोल्ने निर्णय गरेकाले सो हस्ताक्षर अवैध ठहर भएको निवेदनमा भनिएको छ। गैरनागरिक गृहमन्त्री हुँदा राष्ट्रको विरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने कार्य भएको कारण रास्वपा खारेज हुनुपर्ने माग गरिएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरकिता पुनःप्राप्तिका लागि प्रक्रिया नपुर्‍याएको ठहर गर्दै सर्वोच्चले उनको सांसद पद खारेज गरेको थियो। सर्वोच्चको फैसलापछि उनले आइतबार नै नेपाली नागरिकता लिइसकेका छन्।

ट