मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ १८ २०७९
3.6K
SHARES

१८ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मन्त्रालयमा थाती रहेका विधेयकहरू तत्काल संसद्मा पेस गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले माघ १६ गते सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई बाँकी रहेका विधेयक पेश गर्न निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले जानकारी दिए ।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले संसद्लाई बिजनेस दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट निर्देशन आएको बताए ।

“भर्खरै हामीले सम्पन्न गरेको क्याबिनेट बैठकमा संसद्लाई बिजनेस दिने सन्दर्भमा आआफ्नो मन्त्रालयमा परेको विधेयकलाई तपाईंहरूले छिटोभन्दा छिटो पठाउनु भनेर प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ । त्यसमा हामी सबै लागि राखेका छौँ । आज पनि हाम्रो प्रधानमन्त्री कार्यालयमा खासखास मन्त्रालय र मन्त्रालयका सचिवहरूको बैठक बसेर सो विषयमा छलफल गरिएको छ । रोकिएको विधेयकलाई छिट्टै अघि बढाउनुहोस् भन्नुभएको छ,” उनले भने ।