गृह मन्त्रालयको अडानबाट पछि हट्दैनौं – प्रवक्ता ढकाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १९ २०७९
3.9K
SHARES

१९ माघ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने बताएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ढकालले पूर्वसहमतिअनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको बताए ।’गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो ।

अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ उनले भने ।गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ । त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ ।’