पार्टीका अन्तरघातिलाई पञ्चा समूहको सपथ ग्रहण
२१ माघ काठमाडौ । नेकपा (माओवादी केन्द्र) का भातृ संगठन अखिल क्रान्तिकारी को विवाद दिन प्रति दिन बल्झिदै गइरहेको छ । पार्टीको मौनतले गर्दा पञ्चा सिंह समुह र पवन कार्की समुहले दिनदिनै एक अर्का का विरूद्ध गतिविधि गर्दै हिँडेका छन् । २०७८ सालको असोज १० मा भएको मधेश प्रदेश सम्मेलनको सपथ ग्रहण भने १६ महिना पश्चात सप्तरी जिल्लाको कल्याणपुरमा राखिएको छ । ११ बजे हुने भनिएको कार्यक्रम सपथ ग्रहण विवादित विषयको कारण ढिलो सुरु भएको हो । प्रदेश सम्मेलन हुँदा खेरी नै समस्या उत्पन्न भएको थियो । समस्याको हल हुन नसक्दा कमिटी सार्वजनिक हुन सकेन त्यस बखत । हुन त त्यस समयमा अखिल (क्रान्तिकारी) को लुम्बिनी प्रदेश समिति वाहेक सबै प्रदेश समितिमा विवाद भए पश्चात प्लेन कमिटी चयन गरेका थिए । तर मधेश प्रदेशमा प्लेन कमिटी पनि चयन हुन सकेको थिएन ।
२०७८ मङ्सिर २७ मा पञ्चा सिंहले एकलौटी रुपमा एक प्रेस विज्ञप्ति जारी गर्दै पूजन सिंह लाई मधेश प्रदेश अध्यक्षमा मनोनित गरेका थिए । यस निर्णयले संगठन भित्र ठूलो असन्तुष्टि पैदा भयो । केन्द्रीय कमिटीमा पनि विवाद चलिरह्यो भने मधेश प्रदेश कमिटीमाका पदाधिकारीहरुले पूजन सिंहलाई अध्यक्ष मान्न नसकिने भन्दै छताछुल्ल हुने गरी असन्तुष्टी जनाए । पञ्चा सिंहले नै घोषणा गरेका मधेश प्रदेश समितिका अधिकांश पदाधिकारी आज पवन कार्की समुहका संगठनमा आबद्ध छन् । उपाध्यक्ष शिवराज धमला , दिनेश यादव प्रमुख सचिव महोमाद जुबेर आलम अहिले कार्की नेतृत्वको कमिटीमा छन् । कोषाध्यक्ष शोभा पाण्डे भने संगठन नै परित्याग गरेर एमाले मा प्रवेश गरेका छन् । असन्तुलन, जूनियर सिनियर को मर्यादा क्रम र कोही लाई गुटकै आधारमा पटक पटक सबै कमिटीमा अवसर दिएका कारण र आफ्ना श्रीमती, बहिनी, शालीलाई बिना कुनै योगदान कमिटीमा राखेका कारण असन्तुष्टी पैदा भएको विवाद आजको दिन सम्ममा हल हुन सकेको छैन ।
पञ्चा सिंहले बचाउ गर्दै आएका पूजन सिंह भने स्थानीय चुनावको समयमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई हराउन लागिपरेका थिए । चुनावको समय पार्टीलाई असहयोग गर्दै स्वतंत्र उम्मेदवारलाई जिताउन हिँडेका थिए । पार्टीलाई अन्तर्घात गरेको कारण पार्टी प्रदेश इन्चार्ज गणेश साह ले पूजन सिंहलाई कारबाही गरेको थियो । तर गुटको संरक्षण पाएका कारण आज सम्म पूजन सिंह संगठन भित्र बलियो नै देखिएको छ । एका तिर इमान्दार नेताकार्यकर्ताहरुलाई पञ्चा सिंह समुले पालै पालो कारबाही गर्दै निष्कासन गर्दैछन् भने अर्को तर्फ अन्तर्घातीलाई अवसरै अवसर दिँदै हिडेको देखिन्छ । पञ्चा समुहलाई छोडेर उपाध्यक्ष द्वय शिवराज धमला र दिनेश यादव कार्की समुहका मधेश प्रदेशका संयोजक र विभागिय प्रमुख छन् भने प्रमुख सचिव जुबेर आलम कार्की समुह वाट मधेश प्रदेशका इन्चार्जको जिम्मेवारीमा छन् ।
कार्की समुह छोडेर पञ्चा समुहमा आउनु बरु तपाईंहरुलाई कुन कुन पद चाहिन्छ हामी सबै दिन तयार छौं भन्दै कार्की समुहका नेताहरुलाई प्रलोभन दिँदै हिँडेका एक नेताले बताए ।