रास्वपा बैठक निर्णय विहिन


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ २१ २०७९
4.8K
SHARES

२१ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बिनानिष्कर्ष टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकले सरकारका विषयमा आज कुनै पनि निर्णय गर्न सकेन ।

सो पार्टीका नेता विराजभक्त श्रेष्ठका अनुसार आजको बैठकमा सभापतिले सामान्य जानकारी गराए पनि भोलि ११ बजे बैठक बस्ने बताए ।

यसअघि, आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिएको थियो । तर, केही सांसदहरु र शीर्ष नेता काठमाडौं उपत्यकाबाहिर रहेकाले आजको बैठकले निर्णय नगरिएको रास्वपाले जनाएको छ ।