विशेष पत्रकार सम्मेलन गर्दै सभापति लामिछाने


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
3.9K
SHARES

२२ माघ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने बताएका छन् ।  सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले बताएका छन् । रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ ।

सामाजिक सञ्जालमा स्टाटस राख्दै सभापति लामिछानेले लेखेका छन्, “पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ । त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिंङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् । मैले सिधाकुरा नगरेको धेरै भएछ ।”