रास्वपाको बैठक बस्दै, छोड्ला त सरकार ?


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ २२ २०७९
4.1K
SHARES

२२ माघ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बोलाइएको छ।सरकारमा बस्ने कि नबस्ने भनेर आइतबार (आज) निर्णय हुने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए। शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो।

तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो। रास्वपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने भन्दै यदि बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने बताएका छन्।