नेपाल आइपुगिन् यूएसएआईडीकी प्रमुख पावर


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २४ २०७९
2.5K
SHARES

२४ माघ काठमाडौ । अमेरिकी विकास सहयोग नियोग यूएसएआईडीकी प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइपुगेकी छन्।  उनले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ।

पावरले भ्रमणमा नेपालका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी लगायतलाई भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धिहरूबारे छलफल गर्ने यूएसएआईडीले प्रेस विज्ञप्तिमा जनाएको छ।नेपाल बसाइमा उनले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ।