अखिल (क्रान्तिकारी)को वर्तमान कार्यसमिति विघटन , नयां आयोजक समिति बन्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २५ २०७९
6.9K
SHARES

२५माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गरिने भएको छ । माओवादी केन्द्रले विद्यार्थी मोर्चामा  समस्या देखिएको भन्दै त्यसलाई हल गर्न पञ्चा सिंह नेतृत्वको कार्यसमितिलाई विघटन गर्ने भएको हो ।

माओवादी केन्द्रका एक नेताले छिट्टै बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियू चुनावमा लाग्ने हालै सम्पन्न स्थायी कमिटी बैठकले निर्णय गरेको बताए ।

स्ववियू चुनाव पछाडी राष्ट्रिय सम्मेलन गर्ने तथा समानान्तर संगठन र गतिविधि गर्न रोक लगाइएको उनले बताए । हाल पवन कार्की समूहले सिंहको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै आएको छ ।