सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २६ २०७९
3.4K
SHARES

२६ माघ काठमाडौं । सुदूरपश्चिमको प्रदेशसभा बैठक आज बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिने आज अन्तिम दिन हो । रावल गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए ।बुधबार तोकिएको प्रदेशसभा बैठक स्थगित गरी आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

हिजो तोकिएको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो । रावलले विश्वासको मत नपाउने देखिएपछि अन्य दलसँग छलफलका लागि बैठक सारिएको हो ।