अहिले विदेशी हस्तक्षेप बढ्यो – नेता केसी


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ३ २०७९
2.4K
SHARES

३ फागुन काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरु भारतीय विदेश सचिवको अगाडी लम्पसार परेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिर्सेर उनीहरु साधारण कर्मचारीको अगाडी लम्पसार परेको बताए ।