कृषि विकास बैंकको सीईओमा सर्टलिस्टिङ, यी ५ जनामा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ५ २०७९
4.6K
SHARES

५ फागुन काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ५ जना सर्ट लिष्टमा परेका छन् । बिहीबार साँझ बसेको बैंक संचालक समिति बैठकले ५ जना सर्ट लिष्ट गरेको हो ।

सीईओको लागि २२ जनाको आवेदन परेको थियो । सर्टलिष्टमा पर्नेमा कृषि विकास बैंकबाटै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने रहेका छन् ।

यस्तै यसअघि सिभिल बैंकका सीईओ भइसकेका गोविन्द गुरूङ, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, विष्णुदेव यादव नेपाल एसबिआई बैंकको डिसीईओ पनि सर्टलिष्टमा परेका छन् ।

सर्टलिष्टमा परेकाहरुको भोलि (शनिवार) अन्तरवार्ता रहेको छ । कृषि विकास बैंकका तत्कालीन सीईओ अनिल उपाध्यायको कार्यकाल सकिएपछि रिक्त रहेको सीर्इओ पदका लागि १ महिनाअघि दरखास्त आह्वान गरेको थियो ।