जेलमुक्त हुँदै सांसद अरुण चौधरी
७ फागुन काठमाडौं । कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त हुने भएका छन् ।
उनी कैलाली जिल्ला कारगारबाट जेलमुक्त हुन लागेका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएपछि उनी छुट्न लागेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
०६६ भदौ ३ मा ट्याक्टर जलाएको भन्दै ०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही ६ महिना कैदको आदेश सुनाएको थियो ।
यसबाहेक आठ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसलामा उल्लेख छ । चौधरीलाई गत माघ १९ गते बाँकेबाट प्रहरीले पक्राउ गरेको थियो ।