अब राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धन भत्किन्छ – अध्यक्ष नेपाल
७ फागुन काठमाडौं । नेकपा एकीकृत समाजवादीबम अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताएका छन् ।
पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताए ।
राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्ने समय नजिकिएको भन्दै उनले एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुने बताएका छन् ।सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबै खाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको दावी छ ।