अब शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्ने


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ११ २०७९
3.8K
SHARES

११ फागुन काठमाडौ ।मन्त्रिपरिषदको बैठकले शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि अत्यावश्यक सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले छलफलपश्चात् उक्त निर्णय गरेको हो । बैठकमा सार्वजनिक बिदा धेरै भएको र सार्वजनिक बिदाका विषयमा अनेकन् आलोचना भइरहेकालाई त्यसलाई मध्यनजर गर्दै शनिबारबाहेकका बिदाका दिन पनि महतवपूर्ण सरकारी कार्यालय खोल्ने विषयमा छलफल भएको थियो ।

यससँगै शनिवारबाहेकका बिदाका दिन पनि अब जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालयलगायत अत्यावश्यक कार्यालय खुला हुने भएका छन् ।