एमालेसॅंग माओवादीले सम्झौता तोडेर अरुसँग सम्झौता गर्न मिल्दैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बिहिबार, फाल्गुन ११ २०७९
3.1K
SHARES

११ फागुन काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्ने भन्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन्।

अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।”

उनले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरुसँग सम्झौता गर्न नमिल्ने बताए।