पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक दलहरू, राष्ट्रपतिमा कसले मार्ला बाजी ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९
2.3K
SHARES

१२ फागुन काठमाडौ । चुनावअघि कायम रहेको कांग्रेससहितको गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक पुगेको बताइएको छ । आज (शुक्रबार) बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको बैठकमा पुरानै गठबन्धन ब्युँताउनेबारे छलफल भएको थियो ।

छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आलोपालो अनसार एक वर्ष प्रधानमन्त्री बनाउनेबारे दलहरु सहमति नजिक पुगेको बताइएको छ । यद्यपि अध्यक्ष नेपाललाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने विषयमा उक्त पार्टीका नेताहरुले कुरा उठाएका थिए । तर, कांग्रेसले राष्ट्रपति आफूले पाउनुपर्ने बरु नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको थियो । तर सहमति भने जुट्न सकेको छैन ।

आजको छलफल सकारात्मक रहेको र थप छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ । चारै दलले आफ्रनो पार्टीभित्र थप छलफल गर्ने र आजै साँझ फेरि संयुक्त बैठक बस्ने गरी नेताहरु उठेका थिए ।