प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १४ २०७९
3.9K
SHARES

१४ फागुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मलेनमा सहभागी हुने छन् ।

रापष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुगेका हुन ।उक्त सम्मेलनमा पराराष्ट्रमन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् ।प्रचण्ड २२ गतेपछि नेपाल फर्किने छन् ।