अखिल (क्रान्तिकारी) को केन्द्रिय समितिको बैठक सम्पन्न, स्ववियु निर्वाचनबारे निर्णय
१४ फागुन काठमाडौ । आज नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । संयोजक पवन कार्कीले स्ववियु लगाएत विषयमा निर्णय गर्नको लागि बैठक आव्हन गरेका थिए ।
स्ववियु निर्वाचन विशेष केन्द्रीय समितिको भर्चुअल वैठक सम्पन्न, केही महत्त्वपूर्ण निर्णयहरु यस प्रकार छ ।
१) पार्टीले दिएको निर्देशन (विद्यार्थी मोर्चामा देखिएका समस्याहरुलाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समति निर्माण गर्ने र एकढिक्का भएर स्व.वि.यू. चुनावमा लाग्ने स्व.वि.यू. चुनाव पछाडी राष्ट्रिय सम्मेलन गर्ने । समानान्तर संगठन र गतिविधि गर्न नपाउने !) आत्मसाथ गरेर हामी अगाडि बढ्न त्यार छौं र सो निर्णय कार्यान्वयन गराउन पार्टीलाई अनुरोध पनि गरेका छौं । यदी पार्टीको निर्णय पञ्चा सिंहले नमान्ने हो भने पार्टीले कारबाही गर्नु पर्छ । यदि संगठन आयोजक समिति मा परिमार्जन नहुने हो भने पार्टी अध्यक्ष संग सल्लाह गरेर हामी छुट्टै प्यानल घोषणा गरेर निर्वाचनमा जानेछौं ।
२) केन्द्रीय संयोजक पवन कार्कीको नेतृत्वमा १५५५ सदस्य स्ववियु निर्वाचन परिचालन समिति निर्माण गरिएको छ ।
३) संगठनको प्रवक्ता उपदेश यादवको नेतृत्वमा रहेको घोषणा पत्रको कार्य अन्तिम चरणमा रहेको र छिट्टै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने छ ।

४) देशै भरिका क्यामपसमा अखिल (क्रान्तिकारी) दर्ता गरेर हामी अगाडि बढ्ने / बढाउने छौं ।
५) देशै भरिका क्यामपसहरुमा उम्मेद्वार छनौट गर्न बालकुमार केसी , बसन्ता भण्डारी र प्रदेशका संयोजकहरु रहेको कार्यदल निर्माण गरिएको छ । देशै भरी वाट उम्मेदवारहरुको नाम सिफारिस प्राप्त गरे पश्चात पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छौं ।
६) जिल्ला, प्रदेश र केन्द्रीय समितिको परामर्शमा क्यामपस कमिटीले आवश्यकता अनुसार विभिन्न संगठनहरु संग तालमेल र सहकार्य गर्न सकने ।
७) क्यामपस, जिल्ला, प्रदेश समितिहरूमा रिभलुस्नरी फोर्स गठन गरिने ।
८) स्ववियु निर्वाचन लगत्तै २३ औं राष्ट्रिय सम्मेलन गर्ने ।
९) रिक्त रहेको लुम्बिनी प्रदेशको इन्चार्ज मा धर्मराज न्यौपाने र संयोजक मा पवन शर्मा, कर्णाली प्रदेशको इन्चार्ज/संयोजक मा चन्द्र सापकोटा / सरस्वती सिंह, सुदूपश्चिमको संयोजकमा कैलाश चन्द्र गिरी लाई जिम्मेवारी दिइएको छ ।
१०) साइबर ईन्टेलिजेन्ट ब्युरो CIB टीम निर्माण गरिएको छ ।

११) सहकार्य तथा तालमेलको लागि सबै संगठन संग बार्ता गरिने छ ।
लगाएतका निर्णयहरु गरिएको छ र निर्णयको पूर्ण पाठ सर्कुलर मार्फत पठाइनेछ र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने छौं ,प्रवक्ता उपदेश यादवले बताए ।