सरकारमा बस्ने कि बाहिरिने ? निर्णय गर्दै एमाले


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन १५ २०७९
2.5K
SHARES

१५ फागुन काठमाडौं । नेकपा एमालेले बोलायो सचिवालय बैठक बोलाएको छ । अहिले बिहान ११ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बोलाइएको सो पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनका अनुसार पार्टीको ग्रासरुट अभियानबारे छलफल गर्न बैठक बोलाइएको हो ।तर अर्का एक नेताले दिएको जानकारीअनुसार नेकपा एमाले अब सरकारमा बस्नु हुँदैन भन्ने मत बढ्दो छ त्यसै विषयमा पनि छलफल हुनेछ ।

यसअघि आइतबार बेलुका परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकिदिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमाले थप आक्रोशित छ ।