महासचिव ज्यू , गोप्य पत्र बाड्दै हिड्ने यो हामीलाई स्वीकार्य छैन – संयोजक कार्की
१८ फागुन काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) मा अहिले चरम विवाद छ । एउटाको नेतृत्व पवन कार्कीले गरेका छन् भने अर्को नेतृत्व पंचा सिंहले गरेकी छिन । पार्टी स्थायी समितिले विवाद समाधन गरि विशेष अधिवेशन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयको अवज्ञ गर्दै आज पार्टी महासचिवले विश्वविद्यालयलाई पन्चा सिंह नै आधिकारीक भन्दै पत्र लेखेपछि संयोजक पवन कार्कीले यस्तो प्रतिक्रिया दिएका छन ।
उनले भने – महासचिव ज्यू हामीले पार्टीको अध्यक्ष सहितको हस्ताक्षर भएको परिपत्र लाई आधिकारिक मान्ने कि तपाईंको व्यक्तिगत रुपमा पठाएको चिट्ठी लाई त्यो पनि संगठनकाे नाम नै अस्पष्ट भएको पत्र ! पार्टीको सर्कुलर कार्यान्वयन गर्न नसक्ने अनि गोप्य पत्र बाड्दै हिड्ने यो हामीलाई स्वीकार्य छैन कुन समितिमा निर्णय गरेर पत्र लेख्नु भएको हो ? जान्न पाए हुने । हामी अखिल(क्रान्तिकारी) का योद्धा हौं सबै परिस्थितीको सामना गर्न तयार छौँ।