ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु
८ चैत काठमाडौं । दैलेखका खाना पकाउने ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। ट्रक बुधबार बिहान करिब ८:४० बजे दैलेखको गुराँस गाउँपालिका–४ ताल पोखरी नजिक दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सुर्खेत–दैलेख सडकखण्डमा बाँकेको नेपालगन्जबाट दैलेखका लागि ग्याल सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरबको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनास्थल उक्त ट्रकले मनकामना नामक खाना पकाउने ग्यास सिलिन्डर बोकेको थियो। प्रहरीका अनुसार सडकबाट एक्कासि सडकको माथिल्लो मोडबाट १५० मिटर तल खसेको छ।
ट्रकमा सवार चालकसहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, कामदार अन्दाजी २६ वर्षीय लक्षिराम चौधरी र अन्दाजी २३ वर्षीय विष्णु चौधरी छन्। साथै सहचालक प्रकाश कुमाई घाइते भएका छन्। प्रहरीले अहिलेसम्म उनीहरुको ठेगाना भने पत्ता नलागेको जनाएको छ।