कुन पार्टीलाई कति मन्त्रालय ?
८ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिस्वासको मत लिएसंगै अब सरकारलाई पूर्णता दिने गरि आन्तरिक तयारीलाई व्यापक पारेका छन्। सोमबार संसदबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने भनेका प्रचण्डले गठबन्धनका दलहरुसँग मन्त्री बन्नेहरुको नाम मागिसकेका छन्।
प्रधानमन्त्रीले सरकार समर्थित दलहरुलाई मन्त्री हुनेहरु नाम छिटो पठाउन आग्रह गरेसंगै दलहरु आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री प्रचण्डले सरकार समर्थित दलहरुलाई मन्त्रीको संख्या तोकिदिएर त्यहि अनुसार सिफारिस गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २, नागरिक उन्मुक्ति,जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक खाका अघि सारेका छन्। तर संसद्को ठूलो दल कांग्रेसले ९ मन्त्रालय पाउनुपर्ने दाबी अघि सरेको छ ।