विना निष्कर्ष सकियो बालुवाटार बैठक


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ९ २०७९
2.5K
SHARES

९ चैत काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेकोपछि थप छलफल गर्नेगरी बैठक सकिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु सहभागी थिए ।