गण्डकी सरकारबाट बाहिरिन प्रचण्डको निर्देशन


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ९ २०७९
2.4K
SHARES

९ चैत पोखरा । गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ ।एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको हो ।माओवादी भने अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्रीसहित सहभागी छ ।

अघिल्लो सरकारकै पालादेखि मुख्यमन्त्रीको दाबी गरिरहेका हरिबहादुर चुमानले यसपटक माओवादीले नेतृत्व पाउनुपर्ने बताउँदै नयाँ सरकार गठनको प्रक्रियाका निम्ति केन्द्रको निर्देशन कुरिरहेको बताएका थिए ।