सत्ता गठबन्धनको तमासा जनताले हेरिरहेका छन् – उपाध्यक्ष पौडेल
Capital Headline
प्रकाशित मिति :
आइतबार, चैत्र १२ २०७९
3.1K
SHARES
१२ चैत काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनको तमासा अहिले जनताले हेरिरहेको बताएका छन् ।सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले विश्वासको मत पाएको लामो समय बित्दा पनि गठबन्धनले मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरिरहेको बताएका हुन् ।
उनले भने, ‘दलहरूबाट धेरै उपप्रधानमन्त्री दाबी भइरहेको छ । प्रधानमन्त्रीले दोस्रो पटक विश्वासको मत पाएको धेरै दिन भयो । तर मन्त्रिमण्डल विस्तार गर्न सरकारले सकिरहेको छैन ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट