मन्त्रीमण्डल विस्तार हुँदै, शीतल निवासमा प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९
5.1K
SHARES

१७ चैत काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार शुक्रबार चार बजेभित्र मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ । प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ ।