प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसलाई कुन मन्त्रालय ?


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र १७ २०७९
4.1K
SHARES

१७ चैत काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन्। उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन्।

जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा अशोक राई शिक्षामन्त्री भएका छन्। यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।