एम्बापेको कीर्तिमानी गोलमा पिएसजीको जीत


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ३ २०८०
2.3K
SHARES

३ एजेन्सी बैशाख। किलियन एमबाप्पेको कीर्तिमानी गोलको मद्धतमा पिएसजीले फ्रेन्च लिगमा जीत हात पारेको छ । एम्बापे यो लिग वानमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

लिग वानमा शनिबार लेन्सलाई ३–१ ले हराउँदा ३१औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले उक्त कीर्तिमा बनाएका हुन् । लिगमा १६९ खेल खेल्दै १३९ गोल गरेका उनले एडिनसकन कभानीको कीर्तिमान तोडे ।

पीएजीका लागि भिटिन्हाले ३७औं र ४०औं मिनेटमा लिओनल मेसीले गोल गरे । त्यसअघि खेलको १९औं मिनेटमा लेन्सका अब्दुल समेत रातो कार्ड पाउँदै बाहिरिएका थिए । लेन्सका लागि ६०औं मिनेटमा प्रेमाइस्ल फ्रांनकोस्कीले पेनाल्टीमा सान्त्वना गोल गरे ।

जितपछि पीएसजीले दोस्रो स्थानको लेन्समाथि ९ अंकको अग्रतासमेत बनाएको छ । ३१ खेलबाट पीएसजीले ७२ अंक जोडेको छ भने लेन्सको समान खेलबाट ६३ अंक छ ।