बलराम विश्वकर्माले जिते हिमालयन लोकस्टारको उपाधि


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०
2.3K
SHARES

१३ वैशाख काठमाडौं । गायन रियालिटी शो हिमालयन लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् ।

बुधबार सम्पन्न ग्रान्ड फिनालेमा विश्वकर्माले उपाधि जितेका हुन् । राष्ट्रिय सभागृहमा उपाधि उचाल्दा उनले अन्य पाँच फाइनलिस्टलाई पछि पारे । उपाधिसँगै विश्वकर्माले १५ लाख रुपैयाँ पुरस्कार पनि पाए ।

यस्तै, लोकस्टारको उपविजेता पीएन साइँला बने । उनले तीन लाख रुपैयाँ पुरस्कार पाए ।