प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २१ २०८०
2K
SHARES

२१ जेठ काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो । बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोेकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।