हाम्रा नेताहरूमाथिको आक्रमण अब सहदैनौँ – एमाले


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०
1.6K
SHARES

२५ जेठ काठमाडौ । नेकपा एमालेले भोलिबाट सदन अवरोध गर्ने चेतावानी दिएको छ । कोशी प्रदेशमा पहिचानवादीले एमाले नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले सदन चल्न नदिने चेतावनी दिएको हो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ । हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो ।

हामीले संसदमा जानकारी गराएका थियौं । आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवारमाथि पनि ढुंगामुढा भएको छ ।’