आज राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०
1.3K
SHARES

२६ जेठ काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । बजेटमार्फत् अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने घोषणा गरेपछि कानूनी उपचारको तयारीमा रहेको आयोगले सर्वदलीय छलफल गर्ने भएको हो ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको छ ।

निर्वाचन कानूनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलका लेखापरीक्षणलगायतको विषयमा पनि छलफल हुनेछ ।संविधानविपरित जिल्ला निर्वाचन कार्यालय खारेज गरिएको भन्दै आयोगले छलफलका लागि संसदभित्र र बाहिरका दललाई बोलाएको हो । आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्थाविपरीत गएर सरकारले आयोगलाई कार्यपालिका मातहत राख्ने ढंगको काम गरेकाले त्यसबारे सबै दलसँग परामर्श गर्न लागिएको बताएका छन् ।