सन्राइज बैंकद्वारा निःशुल्कआँखा शिविर संचालन


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २९ २०८०
1.8K
SHARES

२८ जेठ काठमाडौं।सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखाशिविर सफलतापूर्वक सञ्चालन गरेका छ । निःशुल्क आँखाशिविर कार्यक्रम श्री मावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालनगरिएकोथियो । संचालनभएको सोशिविरबाट २ सय ४० स्थानीयबासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाकालागि परामर्श र सल्लाह तथा अन्यजाचँ सेवाहरु लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाहलिएका मानिसहरू खुसीहुँदै बैंकले सो शिविर आयोजना गरेकोमाधन्यबाद ज्ञापन गरेका थिए।

शुक्रबार उक्तकार्यक्रमको उद्घाटन बैंकको मधेस प्रदेशप्रमुखश्री दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुखश्री शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरकामुख्यशिक्षकराजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवकनिर्मलाचौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितीमाभएको थियो ।दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथानयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमाविभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखाशिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ ।