राष्ट्रपति पौडेल अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०
4K
SHARES

३० जेठ काठमाडौं । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन्।मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ।उनलाई बिहान ११ बजे भर्ना अस्पताल गरिएको सचिवालय स्रोतले जनाएको छ। यसअघि शनिबार नै पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल श्रोतले उल्लेख गरेको छ। पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ। अस्पताल श्रोतका अनुसार भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।