अखिल (क्रान्तिकारी)को सचिवालय बैठक सम्पन्न
३० जेठ काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को सचिवालय बैठक सम्पन्न भएको छ । पवन कार्कीको नेतृत्वमा रहेको संगठनले भोलीको केन्द्रिय समितिको बैठक र आगामी २३ औं राष्ट्रिय सम्मेलनको तयारीको लागि बसेको हो ।
संगठनलाई चलाएमान र वास्तविक विद्यार्थीहरूको संगठन बनाई सम्पूर्ण देखापरेका समस्याहरूलाई समधानको लागि पहल गर्ने भोली बस्ने केन्द्रिय समितिले मूर्त दिने समेत बताए ।
विद्यार्थी राजनीतिले आम शैक्षिक क्षेत्रमा देखा परेका समस्याहरूलाई समधान गर्न पहल गर्ने संगठन भएकाले अहिले देखा परेका वेथितिहरूलाई आफ्नो पार्टीको नेतृत्वमा सरकार रहेकाले पनि सजिलो हुने भएकाले तत्काल हल गरि अघि बढनुको विकल्प नभएको संगठन विभाग प्रमुख बाल कुमार केसीले बताए ।सथै भोलिको बैठकको एजेण्डा तयार गर्नको लागि आज सचिवलय बैठक बसिएको हो उनले भने ।