कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ३१ २०८०
2K
SHARES

३१ जेठ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेका छन् । देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएकाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।देउवा स्वदेश नफर्कुन्जेलसम्मका लागि खड्कालाई कार्यवाहक सभापति तोकिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

“नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देशबाहिर प्रस्थान गर्नुभएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुन्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको छ,” पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।