सन्राइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२ २०८०
2.1K
SHARES

३१ जेठ काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्री जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा सञ्चालन गरिएको थियो । संचालन भएको सो शिविरबाटविद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाहर अन्य जाँचसेवाहरु लिएका थिए ।

त्यसै गरी,सन्राइज बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा जेष्ठ २५ गते छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेकोथियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरु थिए ।

हरेक वर्ष देशका विभिन्न स्थानहरुमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतका विषयहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको बैंकले जनाएको छ ।