आज समाजवादी मोर्चाको घोषणा
४ असार काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (आज) गरिने भएको छ । राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको हो । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।
मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए । आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो ।