मोर्चाबाट नआत्तिनुस्, हामी घुर्काउन चाहँदैनौँ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार ४ २०८०
2.7K
SHARES

३ असार काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चाबाट नआत्तिन आग्रह गरेका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा बनाएर कसैलाई तर्साउन नचाहेको बताए ।

उनले वामापन्थी शक्तिलाई मोर्चामा आउन आग्रह पनि गरे ।  “अरू पार्टीलाई पनि स्वागत छ । आउनुस् हातेमालो गरौँ । नआत्तिनुस् । नतर्सिनुस्,” उनले भने, “हामी तर्साउन चाहँदैनौँ । घुर्काउन पनि चाहँदैनौँ । हामीलाई मुकाबिला पनि गर्नुछैन ।”

उनले प्रतिगामीविरुद्ध भने सधैँ मुकाबिला हुने बताए । उनले पार्टीहरू मोर्चा बन्दैमा विलय हुने हो कि भन्ने भय नलिन पनि आग्रह गरे ।  “हाम्रो पार्टीमा पनि केही मान्छेलाई त्यस्तो परेछ । कतै अरू पार्टीले निलिहाल्ने हो कि भनेर । कसैले निल्नेवाला छैन । निलिनेवाला पनि छैनौँ,” नेपालले भने ।