एमालेमा पूर्वमाओवादीहरू पेलानमा छैनन् – सचिव भट्ट


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ५ २०८०
2.3K
SHARES

५ असार काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी (एमाले) भित्र पूर्वमाओवादीहरू पेलानमा नभएको दाबी गरेका छन्। माओवादी छाडेर उनीसँगै एमाले बनेका नेता मणि थापा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला एमालेका कर्णाली प्रदेश इन्चार्जसमेत रहेका  भट्टले एमालेभित्र पूर्वमाओवादी हेपाइमा नरहेको स्पष्टीकरण दिएका हुन्।

मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलन भट्टले भने, ‘एमालेमा पूर्वमाओवादीहरू पेलानमा छैनन्। मणि थापा निष्क्रिय भएको उहाँका आन्तरिक समस्याका कारण बस्नुभएको हो।’