पार्टी एकता बारे प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच छलफल


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ७ २०८०
3K
SHARES

७ असार काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो ।

यस्तै माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे पनि गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।